गृहपृष्ठ जस्मिन पेन्ट्सले ५ करोड बराबरको आइपिओ जारी गर्ने
जस्मिन पेन्ट्सले ५ करोड बराबरको आइपिओ जारी गर्ने
जस्मिन पेन्ट्स लिमिटेडले सर्वसाधरणका लागि साधरण सेयर(आइपिओ)जारी गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अङ्कित मूल्य १०० रुपैयाँको दरले ५ लाख कित्ताको दरले हुन आउने ५ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको हो ।
आइपिओ बिक्री तथा निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।
सो सम्बन्धित सम्झौतापत्रमा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरे ।
प्रकाशित समय : १३:३७ बजे