गृहपृष्ठ मण्डलामा मुक्कुम्लुङ मञ्चन हुँदै
मण्डलामा मुक्कुम्लुङ मञ्चन हुँदै
मण्डला थिएटरमा माघ ४ देखि २७गतेसम्म नाटक ‘मुक्कुम्लुङः चोत्लुङ अफयाक्थुङ’ मञ्चनहुने भएको छ । युवा निर्देशक अनिल सुब्बाले निर्देशन गरेको नाटक मञ्चनको आधिकारिक घोषणा मण्डला थिएटर नेपाल, चुलाचुली रंगमञ्च र एक थिएटर नेपालले एकसाथ गरेका छन् ।
मुन्धुम अनुसार पृथ्वीकै पहिलो नारी मुजिङना खेयङनाको मुन्धुममा आधारित रहेर निर्माण गरिएको नाटकमा पछिल्लो समय मुक्कुम्लुङ संरक्षण आन्दोलन सम्मको घटना क्रमहरुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । पछिल्लो समय ताप्लेजुङको मुक्कुम्लुङमा ‘मक्कुम्लुङ संरक्षण’ अर्थात् ‘नो केवलकार’ आन्दोलनचलिरहेको छ । मुक्कुम्लुङ याक्थुङ (लिम्बु)हरुको पवित्र स्थल रहेको र केवलकार स्थापनागरिदामुक्कुम्लुङ र लिम्बुहरुको सम्बन्धविस्थापनहने रत्यहाँको प्रकृतिको दोहनहुने भएकाले सरोकारवालाहरुले आन्दोलनगरिरहेका छन् । सोहीआन्दोलनलाई ऐक्यवद्धता जनाउँदै मुक्कुम्लुङको महत्वबुझाउन नाटक निर्माण गरिएको एक थिएटर नेपालकाअध्यक्ष बिष्णु मोक्तानले बताए ।
पछिल्लो समय ताप्लेजुङस्थित मुक्कुम्लुङमाचलिरहेको‘नो केवलकार’ आन्दोलनकै सन्दर्भमा नाटक ‘मक्कुम्लुङः चोत्लुङ अफयाक्थुङ’ मञ्चनगर्न लागिएको चुलाचुली रंगमञ्चकाअध्यक्ष चेतनआङ्थुपोले जानकारी दिए । ‘विशेषगरी मुक्कुम्लुङ साझालिम्बुवानभूमि र लिम्बुवानीहरुको शिर हो’, आङथुपोले भने, ‘यसभूमिका रैथाने समुदाय र प्रकृतिपुजकमुलवासीहरुको आस्थाप्रतिराज्यको संरक्षणमा जुनकिसिमको दमन र विनास भइरहेको छ, त्यसविरुद्ध कला र सिर्जनामार्फत पहिचानको पक्षमागरिएको आन्दोलन नै हो, यो नाटक ।’
त्यसैगरी नाटकका निर्देशकअनिल सुब्बापनिसिर्जनामार्फत आन्दोलनमा देखाइएको ऐकबद्धताको रुपमा लिन्छन्, नाटकलाई । ‘यो नाटक, नाटक मात्रै होइन । अरुले बुझेको नाटकजस्तो होइन यो । पहिचानको लागियो नाटकआफैंमा एउटा सशक्तआन्दोलनहो’ सुब्बा भन्छन्, ‘हामीलाई सानैदेखि राजाहरुको चित्रकथा, बीरगाथा पढाइयो । हाम्रो अस्तित्वलाई जसले समाप्तपारिदिए, तिनीहरुकै बीरगाथामात्रै पढाइयो । हामीले यसैमागर्व मानेर आयौं । हाम्रो आफ्नो संस्कार–संस्कृतिको बारेमाकतै पढाइएन । अहिले कलाको क्षेत्रमाआइसकेर हेर्दा आदिवासीहरुसँग सम्बन्धित कुराहरु भन्नुपर्छ, हाम्रो भाषाको कुरा, संस्कार–संस्कृतिका कुराहरु चाहिँकिनलुकाइयो त ? यि नै प्रश्नहरुको जवाफहो यो नाटक ।’निर्देशक सुब्बाले राज्यसँग धेरै ठूलो कुरा नमागेको बताउँछन् । उनि भन्छन्, ‘हामीले जम्माजम्मी सबै मान्छे बराबरी भएर बाँचौं भनेको न हो । अरु धेरै के मागेका छौं र ?आदिवासीहरुसँग सम्बन्धित कुरामाथिमात्रै किन अतिक्रमण हुन्छ ?यसको प्रतिरोध हो, यो नाटक ।’
नाटकका लेखकमध्ये गीलु रातोस पनिसुब्बाकै कुरामा सहमतदेखिन्छन् । ‘लेखनको हिसाबले फरक समुदायको मूल्य-मान्यतामाथि लेख्नुपरेकोले केही समय अध्ययनगर्न लाग्यो । तर, यो हामीले लेख्नैपर्ने नाटक थियो । किनभने मुक्कुम्लुङलाई याक्थुङ समुदायले आफ्नो शिर मान्नुहुन्छ । तर, अहिले याक्थुङहरुको त्यहीशिर छेदनगर्न राज्य नै लागिपरेको छ । यस्तो समयमाचिन्तनशीलसर्जकहरुलाई चुपो लागेर बस्न उनिहरुको दायित्वले दिदैँन’, रातोस थप्छन्, ‘जसको शिर र स्वाभिमानले अरुको समेत शिर ठाडो हुन्छ, उनिहरु नै शिरविहीनभएको कसरी सहन सकिन्छ ? नाटकमा हामीले यही कुरा देखाउने प्रयास गरेका छौं ।’
अर्का लेखकतथाकलाकार विष्णु मोक्तान भन्छन्, ‘विभिन्न कालखण्ड, व्यवस्था र शासकहरुको पगरीले थिचिएकाविभिन्न राष्ट्र, अस्तित्व र सह–अस्तित्वसहितको नाटक हो मुक्कुम्लुङ । त्यसैले यस नाटकको लेखन र अभिनयमा म जोडिएको हुँ ।’ नाटकको प्रमुखपात्रहरुमध्येमा देखिनलागेकाकलाकार वेदना राईले यस नाटकसँग जोडिन पाउँदाआफू खुसी रहेको बताए । ‘आफू मात्रबाँचौँ, आफ्नो आस्थाको धरोहर मात्र सुरक्षित गरौं र आफ्नो मात्रअधिकार जोगाऔं भन्ने सोच कति घातक हुन सक्छ ?भन्ने कुरा नाटकमा देखिने छ’ राई भन्छन्, ‘नाटक मुक्कुम्लुङले जसरी बाँच्नपाउने अधिकार मान्छेहरूलाई छ, त्यसैगरी जनावर र बोटबिरुवाको पनि रहेको सन्देश दिन्छ । आफ्नो आस्थाको धरोहर जोगाउने अधिकार सबैलाई समान रूपमा छ ।’
त्यसैगरी अर्का कलाकार प्रतिना राईले नाटक‘मुकुम्लुङ’सँग सम्बन्धित रहेकाले मुक्कुम्लुङबारे धेरै सकारात्मकप्रभावपार्ने तथा सन्देश दिने विश्वास व्यक्त गरे । ‘यस नाटकले आमदर्शकलाई मुक्कुलुङको मुद्दाको बारेमागहिरो ज्ञान प्रदानगर्नुका साथै यस बिषयमा सबै पक्षलाई संवेदनशीलबनाउने छ’ राईले भने, ‘नाटकले मुक्कुम्लुङमाचलिरहेको नो केवलकार आन्दोलनलाई बल दिनेछ भने लिम्बु समुदायको मुन्धुमबारे ज्ञान दिँदै सांस्कुतिकपर्यावरणीय सम्पदामाथिजिम्मेवार बनाउन ठूलो भुमिका खेल्ने छ ।’
एक थिएटर नेपालको सहकार्यमाचुलाचुली रंगमञ्चले नाटक निर्माण तथा प्रस्तुत गरेको हो । अनिल सुब्बा, गीलु रातोस र बिष्णु मोक्तानको संयुक्त लेखन रहेको नाटकको निर्देशनतथा परिकल्पनाअनिल सुब्बाले गरेकाछन् । नाटकमा बिष्णु मोक्तान, वेदना राई, सुरज तमु, प्रतिना राई,मानहाङ लावति,शोभालिम्बु, सौजन सेनेहाङ, मणि के. राई, भूमिकाथारु, पवनकुमार गोले, अजयलामा, डेविड सुवेदी, संजीतथुलुङ राई, सम्पदा राई, रमिता राई, प्रवीण मगर, अन्जना राई, नुमा राई, अमर बाबु बुढाथोकी, आकाशसुहाङ लिम्बु र इशा सिंजालीको अभिनय रहनेछ । नाटकमा मणि के. राईको कोरियोग्राफि रहेको छ भने प्रवृत्ति राई, युकेश राई र आशिषमाझिले गायन र वाद्यवादनको कामगर्नेछन् ।
प्रकाशित समय : १३:२९ बजे