global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाई बल्ल दिइयो जानकारी

राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाई बल्ल दिइयो जानकारी

राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाई बल्ल दिइयो जानकारी

अमेरिकामा गत महिना भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको जितको औपचारिक घोषणा भएको छ ।

मतगणनापछि उपराष्ट्रपति कमला ह्यारिसले डोनाल्ड ट्रम्पलाई आज विजयी घोषणा गरेकी हुन् । ट्रम्पको जित नोभेम्बर ६ मा तय भएको थियो तर आज औपचारिक रूपमा घोषणा गरिएको हो ।

इलेक्टोरल कलेजको मतगणनाको परिणाम घोषणा अमेरिकी संसदको क्यापिटल हिलमा रहेको हाउस अफ रिप्रिजेन्टेटिभ्स र कांग्रेसका दुवै सदन सिनेटको संयुक्त सत्रमा भएको थियो। उपराष्ट्रपति कमला ह्यारिस सिनेटको अध्यक्ष भएकाले यो प्रक्रियाको अध्यक्षता गरेकी थिइन् । अमेरिकी संसदको प्रचलन अनुसार संसदमा राष्ट्रपति निर्वाचित भएको बारेमा औपचारिक जानकारी दिए पछि मात्र निर्वाचनले बल्ल पुर्णता पाउने र त्यसपछि मात्र भावी राष्ट्रपतिलाइ संसदले पहिचान गर्नेछ ।

विजयको औपचारिक घोषणापछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कांग्रेस (अमेरिकी संसद) ले आज हाम्रो चुनाव जीत प्रमाणित गर्यो। यो इतिहासमा ठूलो क्षण हो ।’

अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन भएको थियो । यसमा ट्रम्प विजयी भएको यसअघि नै घोषणा भइसकेको छ । ट्रम्पले ३१२ इलेक्टोरल भोट पाएर यो बिजय हासिल गरेका थिए । उनका प्रतिद्वन्द्वी कमलाले २२६ इलेक्टोरल भोटमा सिमित हुनु परेको थियो । चुनाव जित्नका लागि उम्मेदवारलाई २७० इलेक्टोरल भोट चाहिन्छ।

ट्रम्पले अब १३ दिन पछि अर्थात २० जनवरीमा राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिनेछन् । क्यापिटल हिल वरिपरि तारबार लगाइएको छ र यो महिनाको अन्त्यमा हुने संयुक्त बैठक र ट्रम्पको सपथ ग्रहण समारोहको लागि भारी सुरक्षा परिचालन गरि सकिएको छ।

प्रकाशित समय : १३:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु