global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बंगलादेशकी नेतृ खालिद जियालाइ लन्डन जाँदै, कतारले पठायो एअर एम्बुलेन्स

बंगलादेशकी नेतृ खालिद जियालाइ लन्डन जाँदै, कतारले पठायो एअर एम्बुलेन्स

बंगलादेशकी नेतृ खालिद जियालाइ लन्डन जाँदै, कतारले पठायो एअर एम्बुलेन्स

बगंलादेश नेशनल पार्टीका अध्यक्ष खालिदा जिया मंगलबार राति १० बजे लण्डन प्रस्थान गर्ने भएकी छन् ।

कतारका अमिर तमिम बिन हमाद अल थानीले उपलब्ध गराएको एयर एम्बुलेन्समार्फत उनी उपचारका लागि लन्डन प्रस्थान गर्न लागेकी हुन । जसका लागि कतारले पठाएको एयर एम्बुलेन्स सोमबार साँझ ढाका आइसकेको छ ।

सोमबार गुलसनस्थित बिएनपी अध्यक्षको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बिएनपी स्थायी समिति सदस्य तथा खालिदा जियाका निजी चिकित्सक डा। एजेडएम जाहिद हुसेनले सो जानकारी दिएका हुन् ।

डा. जाहिद हुसेनले लण्डन एयरपोर्टबाट खालिदा जियालाई सिधै अस्पताल लगिने बताए । चिकित्सक टोलीसँग प्रारम्भिक परामर्श पछि उनको उपचारको लागि आगामी चरणहरू तय गरिनेछ।

उनले भने, ‘लन्डन पुगेपछि उनलाई बीएनपीका कार्यवाहक अध्यक्ष र उनका छोरा तारिक रहमान, बुहारी जुबैदा रहमानले स्वागत गर्नेछन्। उनीहरूले उनलाई लन्डनको पुरानो र प्रतिष्ठित स्वास्थ्य सेवा सुविधा सम्पन्न अस्पतालमा लैजानेछन्, जहाँ उनलाई भर्ना गरिनेछ।’ जहाँ ण्त्यहाँका डाक्टरहरूले उनको अर्को चरणको उपचारका लागि परीक्षण गर्नेछन् र सिफारिसहरू दिनेछन्।

डा. जाहिद हुसेनले पनि खालिदा जियाको यात्रामा मेडिकल बोर्डका छ जना डाक्टर र अन्य अधिकारीहरु साथमा आउने बताए ।

 

प्रकाशित समय : ०८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु