काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पोखरा विश्वविद्यालयको अत्याधुनिक शैक्षिक भवन निर्माण सुरु

2.18K
shares

पोखरा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्सभित्र अत्याधुनिक शैक्षिक भवनलगायत पूर्वाधार निर्माण सुरु भएको छ ।

४१ करोड ४३ लाख १७ हजार पाँच सयको लागतमा निर्माण हुने संरचनाको आज विश्वविद्यालयका उपकुलपति प्रा डा बेदराज केसीले एक कार्यक्रमका बीच शिलान्यास गरे । भवनसँगै स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका लागि ट्रस संरचना, स्कूल अफ बिजनेसका लागि शौचालय निर्माण र पुरानो प्रशासनिक भवनको मर्मतकार्य अघि बढाइने कार्यक्रममा जानकारी दिइयो ।

शैक्षिक भवन सात तलाको हुने विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।