global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ‘मानिसको जीवन, उद्यमशीलता र चेतना विकासका लागि योग’

‘मानिसको जीवन, उद्यमशीलता र चेतना विकासका लागि योग’

‘मानिसको जीवन, उद्यमशीलता र चेतना विकासका लागि योग’

सरकारल आगामी माघ १ गते  ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ नाराका साथ राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज राष्ट्रिय योग दिवस–२०८१ मूल समारोह समितिको बैठकका अध्यक्ष एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मानिसको जीवन, उद्यमशीलता र चेतना विकासका लागि योगले एकीकृत रूपमा काम गर्ने भएकाले शिक्षा र विज्ञानसँग योगलाई जोड्न अपरिहार्य रहेको बताए ।

प्रविधिको उपयोगमार्फत योगको प्रचारप्रसार गरेर हरेक दिन प्रत्येक व्यक्तिले योगको अभ्यास गर्ने वातावरण तयार नभएसम्म योग दिवसको महत्व रहिरहने बताए ।

सबै सरोकारवालालाई एकठाउँ ल्याएर योगको महत्वका सम्बन्धमा अन्तरक्रिया र एकापसमा अनुभव आदानप्रदान गर्ने दिवसले अवसर प्रदान गरेको मन्त्री भट्टराईको भनाइ थियो ।

उहाँले विद्यालय र विश्वविद्यालयका पाठ्यक्रम र अभ्यासहरूमा योगलाई जोडेर जानेतर्फ मन्त्रालयले थप गृहकार्य गर्ने बताए ।

विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनीले योगले व्यक्तिमा सकारात्मक सोचको विकास र समग्र जीवन पद्धतिमा सुधार ल्याउने धारणा राखे । बैठकमा मन्त्रालयका सचिव, सहसचिवहरू, विभागीय प्रमुखहरू तथा योग ध्यानको क्षेत्रमा क्रियाशील ६० भन्दा बढी योगिक एवं आध्यात्मिक संस्थाहरूको सहभागिता रहेको थियो ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७२ श्रावण १८ गतेको निर्णयबाट प्रत्येक वर्ष माघ १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा राष्ट्रिय योग दिवस मनाउने निर्णय भएको थियो ।

प्रकाशित समय : २२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु