काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

5.36K
shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी केशवबहादुर सुनारसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

प्रतिवादी ठूलीभेरी नगरपालिकाका तत्कालीन् निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनार, इन्जिनियर बसन्त रोकाया र सब–इन्जिनियर विकास खत्री उपर भ्रष्टाचार निवारण ऐन २०५९को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसूरमा बिगो ३२ लाख २९ हजार दुई सय ७२ कायम गरेको थियो । सोही ऐन बमोजिम उल्लेखित बिगोमध्ये १९ लाख ८६ हजार पाँच सय ७५ बैंकमा जम्मा गरिसकेको देखिँदा बाँकी बिगो १२ लाख ४२ हजार छ सय ९७ असुल उपर हुनुपर्ने ठहर आयोगको थियो ।

गलत प्रतिवेदन पेस गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको समेत कसूर गरेकाले  निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमसमेत सजाय हुनुपर्ने आयोगको मागदावी रहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिवादी सडक निर्माण योजना निरीक्षण तथा अनुगमन समितिका सदस्य कर्णबहादुर रोकाया, काली सार्की र टोपबहादुर चन उपर पनि सजाय हुनुपर्ने माग आयोगको थियो । उपभोक्ता समितिका अध्यक्ष प्रचण्ड विक्रम शाही, कोषाध्यक्ष सुना कामी र सचिव टोपबहादुर शाहीले बिगो बापतको बाँकी रकम ऐनको दफा ८ को उपदफा (४)बमोजिम जफत हुनुपर्ने मागदावी आयोगले गरेको थियो ।

विशेष अदालत, काठमाडौँले २०८० पुस २६ गतेको फैसलाबाट सफाइ दिएकाले सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपरेको प्रवक्ता घिमिरेले बताए।

मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर

मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर

Nov 16, 2026

मुगु । मुगुको रारा ताल जाने क्रममा हाइलक्स जिप दुर्घटनामा...

तीन देशका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ

तीन देशका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ

Nov 16, 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त राजदूतहरूले...

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न 

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न 

Nov 16, 2026

सुन्दरहरैँचा । आस्था, श्रद्धा र भक्ति भावका साथ मनाइने सूर्य...

छठघाट कुरेर बसेका ६० वर्षीय यादव मृत

छठघाट कुरेर बसेका ६० वर्षीय यादव मृत

Nov 16, 2026

जनकपुर । धनुषाको शहीदनगर नगरपालिका–२, मतौनास्थित धनी पोखरीमा छठघाटको रेखदेख...

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

Nov 16, 2026

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार...

रास्वपा सांसद अमरेश कुमार सिंहले सुरु गरे मेची महाकाली पदयात्रा

रास्वपा सांसद अमरेश कुमार सिंहले सुरु गरे मेची महाकाली पदयात्रा

Nov 16, 2026

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले...