global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सत्कार दिवसका अवसरमा रैथाने खाना प्रदर्शन गरिने

सत्कार दिवसका अवसरमा रैथाने खाना प्रदर्शन गरिने

सत्कार दिवसका अवसरमा रैथाने खाना प्रदर्शन गरिने

नेपाल सत्कार दिवस नेपाल हस्पिटालिटी डे–२०२५’ को दोस्रो संकरण आगामी माघ २ गते हुने भएको छ ।

होटल सङ्घ नेपालको स्थापना दिवसको अवसरमा सत्कार दिवस मनाउन लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । होटल क्षेत्रका सम्भावना, चुनौती तथा आगामी रणनीति तय गर्ने उद्देश्यले सत्कार दिवस आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष विनायक शाहले जानकारी दिए ।

यस पटकको सत्कार दिवसमा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले सङ्घले प्रकाशनमा ल्याएको ‘नेपाल होटल इयर बुक’को विमोचन गरिने उनले बताए । सोही अवसरमा रैथाने खाना प्रवर्द्धनका लागि सातै प्रदेशका मुख्य रैथाने खानाका परिकार प्रदर्शन गरिने गरिने सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

होटल सङ्घ नेपालको वार्षिक साधारणसभा पनि सोही दिन आयोजना हुने सङ्घले जनाएको छ ।

प्रकाशित समय : १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु