global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ खाँदबारीमा तीनपोखरी कप फुटबल प्रतियोगिता हुने

खाँदबारीमा तीनपोखरी कप फुटबल प्रतियोगिता हुने

खाँदबारीमा तीनपोखरी कप फुटबल प्रतियोगिता हुने Football.

जिल्ला सदरमुकाम खाँदबारीमा आगामी माघ २६ गतेदेखि दोस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता हुनेभएको छ । आयोजक तीनपोखरी समाज विकास क्लबले आज पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

खाँदबारी रङ्गशालामा हुने फुटबल प्रतियोगितामा कोशी प्रदेश सशस्त्र प्रहरी, बुल्स ११ भौसाबारी मोरङ, चुलाचुली स्पोर्टिङ क्लब झापासहित सङ्खुवासभाका पाँच टिम सहभागी हुने आयोजकले जनाएको छ  । प्रतियोगितामा खाँदबारी युथ, एड्भान्स क्लब, मकालु फ्रेन्ड्स, शीतलपाटी युथ र आयोजक तीनपोखरी समाज विकास क्लब सहभागी रहने क्लबका अध्यक्ष मिनेश चापागाईंले बताए ।

प्रतियोगिताको विजयी टिमले नगद दुई लाख २५ हजार र उपविजेताले एक लाख १० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित समय : १९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु