global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ गुल्मीमा स्वास्थ्य बिमाप्रति बढ्दै आकर्षण

गुल्मीमा स्वास्थ्य बिमाप्रति बढ्दै आकर्षण

गुल्मीमा स्वास्थ्य बिमाप्रति बढ्दै आकर्षण

स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गर्नका लागि गुल्मीमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ । नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लामा २०७६ साल माघ १९ देखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको थियो ।

यहाँका एक लाख १६ हजार ७५३ जनाले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुवास घिमिरेले जानकारी दिए । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको जिल्लामा २०७८ सालको जनगणना अनुसार दुई लाख ४६ हजार ८३६ जनसङ्ख्या रहेको छ ।

५६ हजार ४४५ पुरुष र ६० हजार ३०८ महिलाले स्वास्थ्य बिमा गराएका छन् । जिल्लाका ४७.४ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गराएका हुन् । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमको महत्व र प्रभावकारिता नागरिकले बुझ्न थालेपछि गुल्मीमा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढिरहेको उनले बताए ।

सबैभन्दा बढी रेसुङ्गा नगरपालिकामा २२ हजार २७५ जना र मुसीकोट गाउँपालिकाका सात हजार १७५ जना नागरिकले स्वास्थ्य बिमा गराएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिकाका छ हजार २८९, सत्यवती गाउँपालिकाका १४ हजार ६९६, चन्द्रकोट गाउँपालिकाका पाँच हजार ८६५, रुरुक्षेत्र गाउँपालिकाका १३ हजार १६०, छत्रकोट गाउँपालिकाका नौ हजार ५२३, गुल्मीदरबार गाउँपालिकाका नौ हजार ५२३ जना नागरिकले स्वास्थ्य बिमा गराएका छन् ।

त्यस्तै इस्मा गाउँपालिकाका छ हजार ४३३, धुर्कोट गाउँपालिकाका नौ हजार ४९, मदाने गाउँपालिकाका तीन हजार २४४ र मालिका गाउँपालिकाका सात हजार ५६६ जना नागरिकले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित समय : १०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु