गृहपृष्ठ पत्रकार महासंघ लुम्बिनी प्रदेशको भवन उदघाटन
पत्रकार महासंघ लुम्बिनी प्रदेशको भवन उदघाटन
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको नवनिर्मित प्रदेश भवनको सोमबार उदघाटन गरिएको छ। लुम्बिनी प्रदेशका सभामुख तुलबहादुर घर्तिले नवनिर्मित भवनको उदघाटन गरेका हुन्।
भवन उदघाटन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीले जनताको सुचनाको हकलाई प्राथमिकतामा राखेर नागरिकको अधिकार बोल्ने पत्रकारहरूको संस्थाको भवन निर्माण भएकोमा खुशि व्यक्त गरे।
उनले प्रदेश सरकारको कामका बारेमा प्रश्नहरू पनि उठेको स्विकार गर्दै सरकारलाई पनि खबरदारी गर्न आग्रह गरे। सभामुख घर्तीले भवन निर्माण गरेर प्रदेश सरकारले गरेको लगानीको प्रतिफल देखिएको बताए।
उनले नेपाली मिडियाले नै संघियताको मुद्वा उठाएको बताउँदै प्रदेश संरचना बलियो बनाउनुपर्नेमा जोड दिए। नागरिकको आवाज बनाउने शक्तिका रूपमा पत्रकार महासंघलाई स्थापित गर्ने बेला आएको उनको भनाइ थियो।
प्रकाशित समय : १६:२७ बजे