काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुई सातामा धरहरा चढ्नेको संख्या १५ हजार नाघ्यो

3.8K
shares

दुई सातामा धरहरा चढ्नेको संख्या १५ हजार नाघेको छ । सो अवधिमा २७ लाख बढी रकम संकलन भएको छ ।

सातामा करिब ४ जना जति विदेशी नागरिकले मात्रै टिकट लिने गरेको धरहरा सञ्चालन इकाई कार्यालयले जनाएको छ । सरकारले मङ्सिर ९ गतेदेखि दैनिक १२५० को संख्या भौतिक रूपमा उपस्थित भई सशुल्क टिकट लिएर धरहरा चढ्ने व्यवस्था गरेको छ ।

धरहरा चढ्ने विदेशी नागरिकका लागि प्रति व्यक्ति १००० रुपैयाँसम्म शुल्क तोकेको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १००० रुपैयाँ शुल्क तोकिएको छ।

यसै गरी नेपाली नागरिकका लागि प्रतिव्यक्ति २०० रुपैयाँ तोकेको छ । बालबालिका,अपाङ्ग र वृद्धालाई ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।