गृहपृष्ठ स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३८औं वार्षिक साधारणसभा भोलि बस्दै
स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३८औं वार्षिक साधारणसभा भोलि बस्दै
स्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३८औं वार्षिक साधारणसभा भोलि मंसिर २५ गते बस्दैछ ।
सभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजे सुरु हुनेछ । सभामा हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेस गरिनेछ।
बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न र प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेस हुनेछ। यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।
प्रकाशित समय : १४:४८ बजे