global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ दक्षिण कोरियाली राष्ट्रपतिलाइ यात्रामा प्रतिबन्ध

दक्षिण कोरियाली राष्ट्रपतिलाइ यात्रामा प्रतिबन्ध

दक्षिण कोरियाली राष्ट्रपतिलाइ यात्रामा प्रतिबन्ध

दक्षिण कोरियाली अधिकारीहरूले राष्ट्रपति युन सुक येओललाई यात्रामा प्रतिबन्ध लगाएका छन् ।

गत मंगलबार आफ्नो अल्पकालीन मार्शल ल घोषणाको लागि अनुसन्धानमा रहेका राष्ट्रपति युनलाइ बिदेश यात्रामा प्रतिबन्ध लगाएका हुन् । उनले मार्शल ल लागु गरे पनि त्यहाँको संसदले कम्तिमा ३ घन्टामा खारेज गरिदिएको थियो ।

सत्तारुढ पीपुल पावर पार्टी (पीपीपी) का सांसदहरूले मतदान बहिष्कार गरेपछि महाभियोग प्रस्तावबाट बचेका राष्ट्रपति युनलाइ यात्रा प्रतिबन्ध लगाइएको कोरियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पीपीपी सदस्यहरूका अनुसार युनले आफ्नो कार्यकाल छोटो बनाउने र विदेश तथा आन्तरिक मामिलामा संलग्न नहुने सहमति गरेपछि उनीहरूले प्रस्तावलाई समर्थन नगर्ने निर्णय गरेको बताए।

यद्यपि, संसदमा बहुमत रहेको विपक्षी डेमोक्रेटिक पार्टीले सम्झौताको आलोचना गरेको छ र फ्लोर नेता पार्क चान डेले यसलाई ‘गैरकानूनी, असंवैधानिक, देशद्रोह र दोस्रो कू’ भन्दै प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

युनको अल्पकालीन ‘मार्शल ल अर्डर’ पछि दशौं हजार मानिसहरू विरोधमा उत्रिएका छन्, उनीहरूको माग छ, उनलाई राजीनामा गर्न वा महाभियोग लगाएर बर्खास्त गर्नुपर्छ ।

त्यसयता महाभियोग प्रस्ताव असफल भए पनि मार्शल ल अर्डरमा संलग्न धेरै प्रमुख व्यक्तित्वहरू पनि उनीहरूविरुद्ध कारबाही भएको देखिएको छैन् । जसको अहिले कोरियाली जनताले कारबाहीको माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित समय : १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु