गृहपृष्ठ गठबन्धन सरकार गठन भएसँगै देशमा लगानीमैत्री वातावरण बनेको छः महासचिव पोखरेल
गठबन्धन सरकार गठन भएसँगै देशमा लगानीमैत्री वातावरण बनेको छः महासचिव पोखरेल
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले–कांग्रेस गठबन्धन सरकार गठन भएसँगै देशमा लगानीमैत्री वातावरण बनेको बताएका छन् । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा नेत्रलाल स्मृति सभाहलको शिलान्यास गर्दै उनले दक्षिण एसियामा भारतपछि नेपाल बाह्य लगानीमा दोस्रो आकर्षणको मुलुक भएको बताए ।
महासचिव पोखरेलले लागानी मैत्री वातावरण बनेकाले काम गर्न सहज भएको बताए । उनले नेत्रलाल अभागीको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान रहेको बताए । शैक्षिक जागरण अभियानमा नेत्रलाल अभागीको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । महासचिव पोखरेलेले विद्यालय बनाउनेदेखि विद्यार्थीहरुमा शैक्षिका जागरण ल्याउन अभागीको योगदान रहेको स्मरण गरे।
नेत्रलाल स्मृति प्रतिष्ठानका अध्यक्ष शम्भु गौतमले एक करोड ६८ लाखमा स्मृति सभाहल निर्माण सुरु भएको बताए । उनले सिद्धरत्न मावि नारायणपुर र प्रतिष्ठानको समन्वयमा सभाहल निर्माण सुरु भएको बताए। सल्यानमा नेत्रलाल बहुप्राविधिक शिक्षालय, तुलसीपुर–१८ अक्कासीमा नेत्रलाल प्रावि र लमहीमा नेत्रलाल स्मृति भवन रहेका छन् । घोराही–१६ मा नेत्रलाल स्मृति रङ्गशाला निर्माणाधीन अवस्थामा छ ।
प्रकाशित समय : २२:०२ बजे





















