गृहपृष्ठ राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तलाई नियुक्तिपत्र प्रदान
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तलाई नियुक्तिपत्र प्रदान
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त र आयुक्तलाई नियुक्तिपत्र प्रदान गरेका छन् ।
नेपाल सरकारका प्रवक्तासमेत रहेका गुरुङले आज मन्त्रालयमा प्रमुख आयुक्तमा डा सुरेश आचार्य, आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्तिपत्र प्रदान गरेका हुन । मन्त्री गुरुङले पत्र हस्तान्तरणसँगै उनहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।
मन्त्रालयका सचिव राधिका अर्यालले उनिहरूले आयोगको काम, कर्तव्य र अधिकारको भरपुर प्रयोग गरी जनतामा सेवा पु-याउनेतर्फ मन्त्रालय आशावादी रहेको बताए।
प्रकाशित समय : २१:५४ बजे