global ime bank Long Banner Ad

गृहपृष्ठ अस्पतालका एक कर्मचारी मृत फेला

अस्पतालका एक कर्मचारी मृत फेला

अस्पतालका एक कर्मचारी मृत फेला

राजविराजस्थित जिल्ला खेलकुद विकास समिति कार्यालय परिसरमा रहेको कभर्ड हल नजिक एक कर्मचारी आज मृत फेला परेका छन् ।

गजेन्द्रनारायण सिंह अस्पतालका कार्यालय सहयोगी ५५ वर्षीय सुधिरकुमार झा झुन्डिएको अवस्थामा फेला परेका हुन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुर निवासी झा विगत २५ वर्षदेखि सो अस्पतालमा कार्यरत रहेका र उनि अस्पताल परिसरमै रहेको क्वाटर (कोठा)मा सपरिवार बस्दै आएका थिए ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले घटनास्थल हेर्दा घटना शङ्कास्पद देखिएको भन्दै सूक्ष्म अनुसन्धान गरी सत्यतथ्य खोजी गरिनुपर्ने बताए।

प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले झाको शवपरीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई घटनाबारे आवश्यक अनुसन्धान थालिएको बताए।

प्रकाशित समय : २१:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु