गृहपृष्ठ गृहमन्त्री लेखक र प्रदेश प्रमुख जोशीबीच भेटघाट
गृहमन्त्री लेखक र प्रदेश प्रमुख जोशीबीच भेटघाट
गृहमन्त्री रमेश लेखक र कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीबीच आज यहाँ भेटघाट भएको छ । प्रदेश प्रमुख जोशीको सरकारी निवासमा उनिहरुबीच भेटघाट भएको हो ।
सो अवसरमा दुवैजनाबीच सोमबारदेखि कर्णाली प्रदेशको सुरक्षा समन्वय परिषद्को बैठकबारे छलफल भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । प्रदेश सुरक्षा समन्वय परिषद्को बैठकमा सहभागी हुन गृहमन्त्री लेखक आज सुर्खेत आइपुगेका हुन ।
यसैबीच गृहमन्त्री लेखकले आजै सुर्खेतस्थित गुर्भाकोट नगरपालिकाको गुमीमा रहेको चौरजहारी, राकम र सुर्खेतको गुमीमा स्थापित दङ्गा नियन्त्रण प्रहरी गणको निरीक्षण गरेका थए।
प्रकाशित समय : २१:३९ बजे