गृहपृष्ठ ज्ञानेन्द्र शाहीले दिए कागेश्वरी मनोहरा नगरपालिका घेर्ने चेतावनी
ज्ञानेन्द्र शाहीले दिए कागेश्वरी मनोहरा नगरपालिका घेर्ने चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मूलपानी क्रिकेट मैदान निर्माणका क्रममा ठूलो अनियमितता भएको आरोप लगाएका छन् ।
क्रिकेट मैदानको निरीक्षण गर्न मूलपानी पुगेका उनले खेलाडीहरूले विदेशमा देशको झण्डा फहराएर इज्जत राखिरहेको अवस्थामा अनियमितता र भ्रष्टाचारको विषय आएकोमा आपत्ति जनाएका हुन् ।
आगामी १० दिनभित्र बजेटअनुसारको काम नभए कागेश्वरी नगरपालिका घेर्ने चेतावनी दिएका छन् ।
प्रकाशित समय : १९:३६ बजे