global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ मोहन बैध पाँच बर्षका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित

मोहन बैध पाँच बर्षका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित

मोहन बैध पाँच बर्षका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित

मोहन बैध पुनः क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित भएका छन्र । आज साँझ सम्पन्न एकता महाधिवेशनले वैद्यलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको हो ।

यस एकता महाधिवेशनले पहुपदीय व्यवस्था खारेज गरेको थियो, महाधिवेसन किर्तिपुरमा सम्पन्न भएको हो ।

महाधिवेसनको बन्द सत्रमा वैद्यलाई अर्का नेता सन्तबहादुर नेपालीले महासचिवमा प्रस्ताव गरेका थिए भने हेमन्तप्रकाश ओलीले समर्थन गरेका थिए । लगत्तै हलमा प्रस्ताव गरे पछि उनी सर्वसम्मत रूपमा निर्वाचित भएका हुन ।

महासचिव वैद्य अब कम्तिमा पाँच वर्ष सो पार्टीको नेतृत्वमा रहनेछन् । सो महाधिवेसनले ११७ सदस्यीय केन्द्रीय समिति रहने साङ्गठनिक प्रतिवेदन पारित गरेको छ ।

प्रकाशित समय : १९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु