गृहपृष्ठ अब बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने
अब बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने
बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराजहुलास चन्द एण्ड को. प्रा.लि.ले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स मार्फत खरिद गर्न सकिने स्कीमलिएर आएको छ । मोटरसाइकलखरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रकृया लाइअझ सरल होस भनिआफ्ना ग्राहकहरुको लागियो स्कीम ल्याएको कम्पनीले जनाएको छ ।
यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लाल पुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आय स्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकता पर्दथ्यो । यी झन्भटहरुलाइ हटाएर अब भने बजाजका ग्राहकहरुले यी कागजातको सट्टामा नागरिकता मात्रै लगेर सहजै बजाजका मोटरसाइकल फाइनान्स मार्फत किन्नसक्नेछन् । किस्ता बन्दीमा किन्न चाहने ग्राहकले १ घण्टा भित्रै लोन पास गरेर ९.९९% प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्स मार्फत यो सुविधा पाउन सक्नेछन् ।
यो स्कीम बजाजका देशभरका आधिकारिक शोरुमहरुमा उपलब्ध सबै मोडलहरुमा लागू हुने कम्पनीले जानकारि दिएको छ ।
प्रकाशित समय : १७:०१ बजे