global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ काठमाडौँसहित विभिन्न ११ स्थानमा आगलागी, चार जना घाइते

काठमाडौँसहित विभिन्न ११ स्थानमा आगलागी, चार जना घाइते

नेपालका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा ११ ठाउँमा आगलागी भएको छ । काठमाडौँसहित विभिन्न जिल्लामा भएको आगलागीबाट चार जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । जनावरको आक्रमणबाट अन्य दुई जना पनि घाइते भएका छन् ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले आगलागीका घटना बढ्न थालेकाले सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । कतिपय स्थानमा विद्युत् चुहिएर आगलागी भएका छन् भने कतिपय स्थानमा सिलिण्डरबाट पनि अगलागी भएका छन् । केही ठाउँमा असावधानी बस आगलागीका घटना हुने गरेका छन् ।

काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलमा धरान नपा–४ घर भएका एक व्यक्तिको घरमा ग्याँस चुहिएर आज भएको आगलागीमा उहाँसहित तीन जना घाइते भएका प्राधिकरणले जनाएको छ । यस्तै इलाममा पनि विद्युत् चुहावट हुँदा भएको आगलागीमा एक जना घाइते भएको छन् ।

प्राधिकरणका अनुसार तेह्रथुमस्थित एक घरमा आगलागी हुँदा अन्नपात लत्ताकपडासहित १२ लाखभन्दा बढीको क्षति भएको छ । यस्तै, सङ्खुवासभा, सप्तरी, रौतहट, झापा, बाँके, अछाममा पनि आगलागीबाट लाखौँको धानमाल क्षति भएको प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित समय : २०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु