काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बागमती प्रदेश लोकसेवा आयोगका सदस्य खड्काद्वारा शपथ ग्रहण

3.11K
shares

बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ ।

यही मङ्सिर १३ गते आयोगको सदस्य नियुक्त हुनुभएका खड्काले आज प्रदेश प्रमुख कार्यालय हेटौँडामा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठसमक्ष शपथ ग्रहण गरे कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासमेत उपस्थित थिए।

दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका–५ निवासी खड्का प्राध्यापन क्षेत्रबाट आयोगको सदस्य बनेका हुन् । यससँगै आयोगको बोर्डले पूर्णता पाएको छ ।