global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने सात उद्योग सम्मानित

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने सात उद्योग सम्मानित

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने सात उद्योग सम्मानित

सरकारले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट व्यवस्थापन र अभ्यास गर्ने सात प्रतिष्ठानलाई सम्मान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज आयोजना गरेको कार्यक्रममा मन्त्री शरतसिंह भण्डारीले सात प्रदेशका सात वटा उद्योग तथा प्रतिष्ठानलाई सम्मान गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट एवम् अनुकरणीय कार्य गर्ने सातै प्रदेशबाट एक÷एक वटाका दरले सात वटा उद्योगरप्रतिष्ठानलाई सम्मान गरिएको हो । कोशी प्रदेशको सूर्य नेपाल प्रालि, मधेस प्रदेशको ब्रिटानिया नेपाल प्रालि, बागमती प्रदेशको युनिलिभर नेपाल प्रालि, गण्डकी प्रदेशको सूर्य नेपाल प्रालि, लुम्बिनी प्रदेशको राज बु्रअरी प्रालि, कर्णाली प्रदेशको सिद्धार्थ शनि रिसोर्ट र सुदूरपश्चिम प्रदेशको वेष्टर्न फिड इप्रालि सम्मानित भएका हुन् । यी उद्योग तथा प्रतिष्ठानले आफ्नो कार्यस्थलमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन गरेको भन्दै मन्त्रालयले सम्मानित गरेको जनाएको छ ।

त्यस अवसरमा मन्त्री भण्डारीले कार्यक्षेत्रमा श्रमिकको शारीरिक, मानसिक र सामाजिक कल्याणको संरक्षण र व्यवस्थापनले उद्यमशिलता विकासमा दीर्घकालीन रूपमा सघाउ पुग्ने बताए । वैदेशिक रोजगारीका क्रममा १६ वर्षमा १४ हजार नेपाली श्रमिकको मृत्यु भएको भन्दै वैदेशिक रोजगारलाई थप सुरक्षित र व्यवस्थित बनाउन सरकार लागि परेको बताए ।

मन्त्री भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धन गर्न सके वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुने धारणा राख्नुहुँदै त्यसका लागि आन्तरिक रोजगार प्रवर्द्धनसँगै श्रम बजारप्रतिको विश्वास बढाउनेतर्फ उद्योग तथा प्रतिष्ठानको ध्यानार्कषण गराए ।

विभागले आन्तरिक श्रम बजारमा कार्यरत श्रमिकको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको प्रत्याभूतिका लागि अनुकरणीय र असल अभ्यास गर्ने उद्योग तथा प्रतिष्ठानलाई विभिन्न सूचकका आधारमा छनौट गरी प्रत्येक वर्ष सम्मान गर्दै आएको छ ।

प्रकाशित समय : १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु