nmb bank

गृहपृष्ठ कर्णालीमा ‘प्रदेश सुरक्षा सम्मेलन’ हुँदै

कर्णालीमा ‘प्रदेश सुरक्षा सम्मेलन’ हुँदै

कर्णालीमा ‘प्रदेश सुरक्षा सम्मेलन’ हुँदै

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा यही मङ्सिर २४ गते ‘प्रदेश सुरक्षा सम्मेलन’ हुने भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा मुख्यमन्त्री कँडेलले ‘प्रदेश सुरक्षा सम्मेलन’ को सम्पूर्ण तयारी गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए । यस्तै, बैठकमा सुरक्षा अवस्थाको विश्लेषण गर्नुका साथै प्रदेशका तर्फबाट उठाउने विषयवस्तुबारे छलफल भएको थियो ।

छलफलमा जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले सुर्खेत तथा कर्णालीको शान्ति सुरक्षाको अवस्था, त्यसमा देखिएका केही चुनौती र समाधानका उपायबारे प्रस्तुत गरेका थिए ।

प्रकाशित समय : १८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु