global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ भारतको अयोध्याबाट आएको जन्तीलाई मधेस भवनमा स्वागतसहित कम्बल वितरण

भारतको अयोध्याबाट आएको जन्तीलाई मधेस भवनमा स्वागतसहित कम्बल वितरण

भारतको अयोध्याबाट आएको जन्तीलाई मधेस भवनमा स्वागतसहित कम्बल वितरण धनुषा, २० मङ्सिरः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबार अयोध्याबाट जनकपुरधाम आएका जन्तीको सम्मानमा दिवा भोजको आयोजना गर्नुको साथै कम्बल वितरण गर्दै । तस्बीरः अजयकुमार साह÷रासस

मधेस प्रदेश सरकारले भारतको अयोध्याबाट आएको जन्तीलाई मधेस भवनमा स्वागतसहित कम्बल वितरण गरेको छ।

जन्तीलाई मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह,उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका तर्फबाट मन्त्री सकिलअलि मियाले कम्बल वितरण गरेका हुन्।

त्रेतायुगको झझल्को दिने गरी पाँच वर्षको अन्तरालमा भारतको अयोध्याबाट जन्ती आउने र जन्तीलाई मिथिलावासीले स्वागत गर्न पाउनु गर्वको विषय भएको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताएका छन्।

उनले आजै भारतको अयोध्याबाट आएको जन्तीलाई मधेस भवनमा स्वागतसहित दिवा भोज गराएर सम्मान गरे। अयोध्याबाट रामजन्मभूमि ट्रष्टका महासचिव चम्पत रायको नेतृत्वमा झण्डै पाँच सयको सङ्ख्यामा आएको जन्तीलाई मिथिलाको परम्पराअनुसार दिवा भोजनका साथै सम्मान गरेका हुन्।

प्रकाशित समय : २१:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु