global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ तीन स्वास्थ्य महिला स्वंयसेविका सम्मानित

तीन स्वास्थ्य महिला स्वंयसेविका सम्मानित

तीन स्वास्थ्य महिला स्वंयसेविका सम्मानित

नेपालगञ्ज उपमहानगरपालिकाले आज तीन स्वास्थ्य महिला स्वयंसेविकालाई सम्मान गरेको छ ।

२१औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवसको अवसरमा उपमहानगरपालिका–१० की बीना थापामगर, वडा. १४ की सुरसती बिज्रवासी र वडा नं ९ की मिनाकुमारी चौधरीलाई ५० हजार नगद र कदरपत्रसहित उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सम्मान गरिन ।

सो अवसरमा उपमहानगरपालिकाका प्रमुख विष्टले स्वास्थ्य स्वंयसेविकाले समाजमा योगदान गरेको उल्लेख गर्दै उपमहानगरपालिकाले स्वास्थ्य स्वंयसेविकाको सेवा र सुविधामा वृद्धि गर्ने बताए। उनले भने “ समाजमा उहाँहरुको योगदानको कदर स्वरुप आगामी बजेटबाट प्राप्त हुने सेवा र सुविधा अझै बढाइने छ ।”

नगरप्रमुख विष्टले स्वास्थ्य स्वंयसेविकाको पुर्नताजगी र सीप विकासका लागि समेत बजेटको प्रवन्ध हुने जानकारी दिदै ६० बर्षपछि अवकासमा जाने स्वास्थ्य महिला स्वंयसेविकालाई सुविधा प्रदान गर्न समेत बजेट विनियोजन भएको बताए।

जिल्लामा कूल सात सय ८५ स्वास्थ्य महिला स्वयंसेविका रहेका छन् । तीमध्ये एक सय ८१ नेपालगञ्जमा मात्रै रहेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित समय : २१:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु