global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सामसङको एनपीएल विशेष अफरः टिभीमा ३१ प्रतिशतसम्म छुट

सामसङको एनपीएल विशेष अफरः टिभीमा ३१ प्रतिशतसम्म छुट

सामसङको एनपीएल विशेष अफरः टिभीमा ३१ प्रतिशतसम्म छुट

नेपाल प्रिमियर लिग (एनपीएल) लाई लक्षित गर्दै सामसङले नयाँ योजना ल्याएको छ । यसअन्तर्गत कम्पनीले आफ्ना टिभीमा ३१ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ ।

अफरमा क्यूएलईडी टिभी, क्रिस्टल यूएचडी फोरके टिभीहरू र एफएचडी टिभीका इमर्सिभ रेन्जहरू समावेश गरिएको छ । ग्राहकले १२ महिनासम्म शून्य प्रतिशत ब्याजदरमा आफूलाई मन परेको टिभी ईएमआईमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सामसङको इन्स्टा-फाइनान्स सेवा मार्फत आधिकारिक स्टोरबाट टिभी खरिद गर्न सकिने छ ।

साथै, सामसङले आफ्नो एक्सचेन्ज पार्टनर अर्कोस्टोरमार्फत ग्राहकलाई पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी किन्ने सुविधा पनि प्रदान गरेको छ ।

प्रकाशित समय : २१:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु