गृहपृष्ठ नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने चीनको घोषणा
नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने चीनको घोषणा
चीनले नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने घोषणा गरेको छ।
चीन सरकारका तर्फबाट २०७२ सालदेखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग नेपाली रूपैयाँ करिब २ अर्ब ७० करोडका अतिरिक्त थप अनुदान ९ अर्ब ३४ करोड घोषणा भएको हो।
चारदिने चीन भ्रमण सकेर बिहीबार स्वेदश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जारी प्रेस नोटमा चिनिया राष्ट्रपति सी जिनफिङबाट नेपाललाई थप अनुदान दिने घोषणा भएको जनाइएको छ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा दुवै मुलुकबीच दशबुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। भ्रमणका क्रममा बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कसम्बन्धमा दुवै मुलुकबीच समझदारी भएको प्रेस नोटमा उल्लेख छ।
त्यस्तै टोखा–छहरे सुरूङमार्ग सम्बन्धी पत्र आदान प्रदान, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र, नौतले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदान प्रदान र राँगाको मासु निर्यातसम्बन्धी सम्झौता भएको छ।
प्रकाशित समय : २०:५५ बजे