गृहपृष्ठ रियारपुरस्थित गढीमाई मन्दिरमा गृहमन्त्री लेखकले गरे पूजापाठ
रियारपुरस्थित गढीमाई मन्दिरमा गृहमन्त्री लेखकले गरे पूजापाठ
![रियारपुरस्थित गढीमाई मन्दिरमा गृहमन्त्री लेखकले गरे पूजापाठ रियारपुरस्थित गढीमाई मन्दिरमा गृहमन्त्री लेखकले गरे पूजापाठ](https://www.newskarobar.com/wp-content/uploads/2024/12/nb-1.jpg)
महागढीमाई नगरपालिकाको बरियारपुरस्थित गढीमाई मन्दिरमा गृहमन्त्री रमेश लेखकले बुधबार पूजापाठ गरेका छन्।
पाँचवर्षे गढीमाई मेलाको सुरक्षा अवस्था बुझ्न पुगेका उनले मेलामा दर्शनार्थीको सुरक्षालाई प्रभावकारी बनाउन निर्देशन पनि दिएका छन्।
गृहमन्त्री लेखकलाई मन्दिर परिसरमा मेला समिति र नेपाली कांग्रेसका स्थानीय नेताहरुले विशेष कार्यक्रम गरी स्वागत गरेका थिए। कार्यक्रममा सम्बोधन गर्दै उनले मेलामा ठूलो संख्यामा दर्शनार्थी आउने भएकाले सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिए। उनले सुरक्षाकर्मीको अभाव भए थप व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाए।
गृहमन्त्रीले मेलामा सीसीटीभी क्यामरा, सुरक्षा सर्वेलेन्स र अन्य उपकरणको प्रयोगमार्फत निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। मंसिर २३ र २४ गते बलिको साइत रहेको र नेपाल–भारतबाट लाखौं दर्शनार्थी आउने भएकाले ती दिनमा सुरक्षा चुनौती बढ्ने सुरक्षा अधिकारीहरूले बताएका छन्।
प्रकाशित समय : २१:०८ बजे