global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ तारा एयरले सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान सुरू गर्यो

तारा एयरले सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान सुरू गर्यो

तारा एयरले सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान सुरू गर्यो

लामो समयदेखि सुर्खेत बिमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरलाइन्सले उडान सुरू गरेको छ। सुर्खेतबाट कर्णालीका हुम्ला, मुगु र जुम्लामा तारा एयरले उडान सुरू गरेको हो।

हवाई सेवाको सुविधा पाएपछि सुर्खेतमा बसोबास गर्दै आएका स्थानीय र विद्यार्थी हर्षित छन्।

सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ। हप्तामा बुधबार र शनिबार सिमीकोट,जुम्ला र रारा बिमानस्थलमा उडान गर्ने तारा एयर नेपालगञ्जका स्टेसन इन्चार्ज सूर्यमणी सुवेदीले जानकारी दिए।

सुवेदीकाअनुसार सुर्खेत-सिमिकोट ८ हजार, सुर्खेत-रारा ६ हजार ५ सय र सुर्खेत-जुम्ला ६ हजार ५ सय भाडा दर निर्धारण गरिएको छ।

 

प्रकाशित समय : २०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु