global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नुवाकोटबाट लागूऔषधिसहित दुई जना पक्राउ

नुवाकोटबाट लागूऔषधिसहित दुई जना पक्राउ

नुवाकोटबाट लागूऔषधिसहित दुई जना पक्राउ

नुवाकोटबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विदुर नगरपालिका-२ का २३ वर्षीय सन्दीप पाण्डे र विदुर-१२ का २६ वर्षीय राजकुमार रिमाल छन्।

छहरे–टोखा–विदुर सडकखण्डअन्तर्गत लिखु गाउँपालिका-१ ढिकुरेस्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौबाट ढिकुरेतर्फ आउँदै गरेको बा प्र ०१–००५ ख ९५७४ नम्बरको बस रोकी चेकजाँच गर्ने क्रममा लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।

पाण्डेलाई शंकास्पद अवस्थामा गाडीको दायाँ साइडको अन्तिम सिटमा बसी रहेको अवस्थामा खानतलासी गर्दा झोलाभित्र रहेका ३ वटा प्लाष्टिकको झोलाभित्र तीन प्रकारका औषधिजन्य लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

उनको साथबाट डाइजेपाम इन्जेक्सन ८६ थान, वुप्रेनोर्फिन इन्जेक्सन ८९ थान र प्रोमेफाजिन इन्जेक्सन ८६ थान फेला परेको र पाण्डेलाई सोधपुछ गर्दा रिमालले काठमाडौंबाट विदुरसम्म ल्याउन लगाएको बताएपछि रिमाललाई समेत प्रहरीले पक्राउ गरेको छ।

 

प्रकाशित समय : २०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु