global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ अत्याधुनिक लञ्च कार्यक्रम संगै एक्सपेंग मोटर्स अब पोखरामा

अत्याधुनिक लञ्च कार्यक्रम संगै एक्सपेंग मोटर्स अब पोखरामा

अत्याधुनिक लञ्च कार्यक्रम संगै एक्सपेंग मोटर्स अब पोखरामा

नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंगको पोखरामा लञ्च गरेको छ । सिजि मोटर्सले अटोवेज प्रा.लि.लाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ। यो लञ्चले नेपालमा एक्सपेंगको उपस्थिति थप विस्तार गरेको छ, जसले स्थानीय ग्राहकहरूलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा प्रदान गरिरहेको छ।

अटोवेजका अध्यक्ष नारायण प्रसाद पौडेलले कार्यक्रममा आफ्नो प्रमुख मन्तव्य व्यक्त गर्दै मिडियालाई एक्स्पेङ ब्रान्डको परिचय गराए। साथै, सीजी मोटर्सका सीईओरनिर्देशक श्री हेमन्त अग्रवालले कार्यक्रमको क्रममा सीजी मोटर्सका उपलब्धिहरू र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरू प्रस्तुत गरे।

उद्घाटनका क्रममा, अटोवेज प्रा।लि। ले पहिलो चरणका ग्राहकलाई ५ वटा जी६ एसयुभी पनि हस्तान्तरण गरेको छ।

यस लञ्च कार्यक्रममा एक्सपेंगको नयाँ जी६ मोडल प्रस्तुत गरिएको थियो, जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ।

सीजी मोटर्सले हालसालै ग्राहक सेवालाई थप प्रार्थमिकता दिँदै बागडोल, काठमाडौंमा आफ्नो अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ ।

 

प्रकाशित समय : १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु