global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सोनु निगमको कन्सर्टको दिपल ईभी मुख्य प्रायोजक

सोनु निगमको कन्सर्टको दिपल ईभी मुख्य प्रायोजक

सोनु निगमको कन्सर्टको दिपल ईभी मुख्य प्रायोजक

छोटो समयमै नेपालमा निकै लोकप्रिय बनेको प्रिमियम र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलले चर्चित बलिउ डगायक सोनु निगमको निकै प्रतिक्षित कन्सर्टमा मुख्य प्रायोजक हुने भएको छ । कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्धलाई आत्मसात् गर्दै दिपलले आउँदो २५ डिसेम्बर (पुस १० गते) हुनलागेको ‘सोनु निगम लाइभ इन नेपाल’मा मुख्य प्रायोजक बन्ने घोषणा गरेको हो ।

नेपालीटच इभेन्ट्सले हायात् ग्राउन्डमा आयोजना गर्न लागेको यो कन्सर्टमा दिपलको सहभागितालाई औपचारिकता दिन आजएमएडब्लु वृद्धिअटोकर्पका प्रबन्धकार्यकारी निर्देशकविवेक सिकारिया र आयोजक नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक राजगोस्वामीले एमओयुमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा नेपाली मनोरञ्जन जगतका परिचित व्यक्तित्व तथा दिपलका प्रमोटर सन्दिप क्षेत्री पनि थिए ।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक विवेक सिकारियाले सोनु निगम लाइभ इन नेपालको मुख्य प्रायोजकका रुपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताए । उनले प्रिमियम र अविश्मरणीय अनुभव दिलाउने दिपलको उद्देश्यमा रहेर नेपाली स्रोतामाझ लेगेन्डरी गायक सोनु निगमलाई ल्याउन लागेको बताए ।

त्यसैगरी नेपाली टच इभेन्ट्सका राज गोस्वानीले दिपलसँगको यो पार्टनरशिप प्रिमियम ब्रान्ड र विश्वस्तरीय मनोरञ्जनबीचको समन्वयको प्रमाण रहेको बताए । बलिउडको सबैभन्दाबढी सुनिएका चर्चित गायक सोनु निगमले नेपाली फ्यानलाई आफ्ना कालजयी गीतसंगीतबाट भरपुर मजादिने अपेक्षा दिपलले गरेको छ । यो कन्सर्टको टिकट एक्स्क्लुसिभली इसेवामा उपलब्ध हुनेछ ।

प्रकाशित समय : १६:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु