गृहपृष्ठ नेशनल लाईफले गर्यो कर्णाली प्रदेशका अभिकर्ताहरुलाई सिईओ क्लब सदस्यबाट सम्मान
नेशनल लाईफले गर्यो कर्णाली प्रदेशका अभिकर्ताहरुलाई सिईओ क्लब सदस्यबाट सम्मान
नेशनललाईफ इन्स्योरेन्स कम्पनीलि.ले सुर्खेत स्थित सिद्धार्थ सन्नी रिसोर्टमा कर्णाली प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्तगर्न सफल ७५ जनाभन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा कर्णाली प्रदेश अन्तर्गतका शाखाकार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रमुखकार्यकारी अधिकृत सुरेश प्रसादखत्रीले पानसमादिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सो सम्मानकार्यक्रममाअभिकर्ताहरुलाई सिइओ क्लब सदस्यतावितरण गरिनुका साथै प्रदेश बाट आफ्नो कोडमा र संजलमाप्रथम, द्वित्तिय र तृत्तियहुन सफलअभिकर्ताहरुलाई विशेष सम्मानतथा पुरस्कृत गरिएको थियो ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेशनल रत्नहुन सफल अभिकर्ताहरुलाई पनि नेशनललाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृरिले अन्यप्रदेशको तूलनामा बीमा व्यवसायमा कर्णालीप्रदेश केही पछाडी रहेपनि संभावना भने निक्कै नै रहेको हुँदा यस क्षेत्रमा कार्यरत अभिकर्ताहरुले व्यवसायिक रणनिती बनाई अघि बढ्नुपर्ने सुझावव्यक्त गरे । उनले सिईओ क्लब र नेशनल रत्नअन्तर्गत योग्यहुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै जाने कम्पनीको योजना अनुरुप मधेश प्रदेश, गण्डकी प्रदेश,कोशी प्रदेश,बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सम्पन्नगरिसकेको र सोहीक्रममा कर्णाली प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउदै अव सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मानगरिने योजना रहेको जानकारी गराए ।
उनले,अभिकर्ताहरु माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै अनुशरण गरीसिइओ क्लब सदस्यता वितरण कार्यक्रमको धारणा ल्याइएको र यसबाट स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उदेश्य रहेको बताए । यस कार्यक्रममा नेपाल भर बाट २००० जना भन्दा बढि अभिकर्ताहरु छनौट हुनुले यो योजनाअन्यन्तै सफलभएको बताए ।
समारोहमा सिइओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा आफूहरुको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।
प्रकाशित समय : १३:१० बजे