काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल एसबिआई बैंकले घोषणा गर्‍यो लाभांश

1.6K
shares

नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद गरी (कर सहित) कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी ३१औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

गत वर्ष भने बैंकले ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश गरी कुल १०.५५ प्रतिशत लाभांश वितरण गरेको थियो।