global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ लक्ष्मी सनराइज ब्यांकको ‘डिजिटल डिसेम्बर’ अभियान शुरू

लक्ष्मी सनराइज ब्यांकको ‘डिजिटल डिसेम्बर’ अभियान शुरू

लक्ष्मी सनराइज ब्यांकको ‘डिजिटल डिसेम्बर’ अभियान शुरू

लक्ष्मी सनराइज ब्यांकले डिजिटल ब्यांकिङ प्रवर्द्धन अन्तर्गत ‘डिजिटल डिसेम्बर’ अभियान शुरू गरेको छ।

वार्षिक अभियान अन्तर्गत यस वर्ष पनि ‘सहजताको नयाँ परिभाषा उपहारसँगै’ नारा सहित अभियान शुरू गरिएको ब्यांकले जनाएको छ। डिसेम्बर महीनाभरी ब्यांकका ग्राहक तथा उपभोक्तालाई डिजिटल ब्यांकिङका लागि प्रोत्साहन गर्न विभिन्न अफर ल्याएको छ।

यो अवधिमा मोबाइल मनी मार्फत स्थानीय लेखा नम्बर वा राष्ट्रिय परिचयपत्रको विवरण अध्यावधिक गरी सय रुपैयाँ वा त्यसभन्दा भन्दा बढीको रिजार्च गर्ने ग्राहकले थप सय रुपैयाँको रिचार्ज पाउनेछन्।

त्यस्तै, मोबाइल मनी प्रयोगकर्ताले मिसकल गरेर बिजुलीको बिल तिर्नसक्नेछन्। यसरी बिल भुक्तानी गर्ने ग्राहकले पनि सय रुपैयाँ रिचार्ज पाउनेछन्।

डिसेम्बर महीनाभरी क्रेडिट कार्ड निःशुल्क पाउने सकिनेछ भने पाँच वर्षको वार्षिक शुल्कमा पनि छुट पाइनेछ।

प्रकाशित समय : ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु