काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा महालक्ष्मी विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

1.59K
shares
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ ।
३३ औंअन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा बैंकले अपांगता भएका व्यक्तिहरुको बैंकिङ्ग कारोबारलाई थप सहजीकरण गर्नको निमित्त उपलब्ध स्रोत साधनहरुको अधिकत्तम प्रयोग गरी बैंकको दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रुपमा विकास गर्न प्रयास गर्नेछ । साथै अपांगता भएका व्यक्तिहरुलाई सहज सेवाप्रदान गर्नको लागि दरबारमार्ग शाखामा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रुपमा खटाइएको छ ।
साथै संयुक्त राष्ट्र संघ तथा नेपाल सरकारले तय गरेको नारा“ समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको  प्रबल नेतृत्वयसको आधार”लाई आत्मसात गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता संरक्षण नेपाल सँगको सहकार्यमा शारीरिक अपाङ्गता भएका तथा दृष्टि विहिनहरुलाई सहयोग गर्ने उद्धेश्य अनुरुपबैंकको केन्दि«य कार्यालय दरबारमार्गमा आयोजितएक कार्यक्रमकाबीच सेतो छडी लगायतका सामग्रीहरु समेत वितरण गरिएको छ । यस किसिमकाकार्यहरुबाट अपाङ्गता भएका व्यक्तिहरुको सहजजीवनयापन गर्न तथा समावेशी तथा दिगो भविष्यको आधार निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नितिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी”  सञ्चालनमा ल्याएको छ ।