गृहपृष्ठ पूर्ण बस्नेतले औँल्याएका उपनिर्वाचनका सात सन्देश
पूर्ण बस्नेतले औँल्याएका उपनिर्वाचनका सात सन्देश
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले स्थानीय तहको उपनिर्वाचनले सात वटा सन्देश दिएको बताएका छन् । स्थानीय तहको उपनिर्वाचनको परिणामका सन्दर्भमा उनले विभिन्न सातवटा संकेत गरेको बताएका हुन् ।
पहिलो सन्देशका रुपमा बस्नेतले समाजवादी शक्तिले काङ्ग्रेस कम्युनिष्टलाई धक्का दिने गरी आफूलाई तयार पारिनसकेको अवस्थालाई औल्याएका छन् । खराबको विकल्प खराब हुन सक्दैन भन्ने उपनिर्वाचनको अर्को सन्देश रहेको उनको ठहर छ ।
मतदाता बेचैन छन् भन्ने कुरा स्थानीय तहको उपनिर्वाचनले देखाएको बस्नेत बताउँछन् । कम्युनिष्टभन्दा काङ्ग्रेस मुलुकका लािग कम घातक छ भन्ने मतदाताको बुझाइलाई उपनिर्वाचनले संकेत गरेको उनको ठनाइ छ ।
पाँचौँ सन्देशका रुपमा उनले संगठित पार्टी संरचनाका विरुद्ध स्वतन्त्रको नाममा व्यक्तिले परिणाम दिने कुरा एकाद बाहेक सम्भव हुँदैन भन्ने पनि उपनिर्वाचनको संकेत हो भनेका छन् ।
‘जसपा नेपालले क्षेत्रीय रुपमा आफ्नो वर्चस्वलाई कमजोर हुन दिएको छैन भन्ने कुरा देखाएको छ साथै संघीयता विरोधी र राजावादी शक्तिहरुको औचित्य छैन भन्ने कुरा यो उपनिर्वाचनको परिणामले देखाएको छ,’ उनले भनेका छन् ।
प्रकाशित समय : १६:३६ बजे