global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते

पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते

पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते

नेपाल पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते हुने भएको छ । आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै महासंघले सो जानकारी दिएको हो ।

सार्वजनिक कार्यतालिका अनुसार यसै साता अर्थात मङ्सिर २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।

त्यसैगरी मङ्सिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने मतदान मङ्सिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ ।

प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउनुहुन सम्बन्धित निर्वाचन समितिलाई अनुरोध समेत गरिएको छ ।

 

प्रकाशित समय : १३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु