global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ गुगलद्वारा फिनल्याण्डमा डाटा सेन्टर विस्तार

गुगलद्वारा फिनल्याण्डमा डाटा सेन्टर विस्तार

गुगलद्वारा फिनल्याण्डमा डाटा सेन्टर विस्तार

गुगलले आफ्नो डाटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा दुई करोड ७० लाख यूराकोे जग्गा खरिद गरेको छ ।

सरकारको प्रेस विज्ञप्ति अनुसार गुगलले सन् २०११ देखि फिनल्याण्डमा डाटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।

फिनल्याण्डमा गुगलले आफ्नो पहिलो डाटा सेन्टर सन् २००९ मा देशको राजधानी हेलसिङ्कीबाट १४५ किलोमिटर पूर्वमा रहेको सहर हमिनामा बनाएको थियो । उक्त डाटा सेन्टरमा हाल करिब ४०० पूर्णकालिक कर्मचारी कार्यरत छन् ।

स्थानीय सञ्चारमाध्यमका रिपोर्टका अनुसार यस वर्षको मे महिनामा अमेरिकी टेक कम्पनीले आफ्नो हमिना क्याम्पस विस्तार गर्न एक अर्ब युरोको नयाँ लगानी घोषणा गरेको छ, जसले आगामी दुई वर्षमा थप रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु