global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ मौद्रिक नीतिको समीक्षाबारे असन्तुष्ट ‘सीबीफीन’

मौद्रिक नीतिको समीक्षाबारे असन्तुष्ट ‘सीबीफीन’

मौद्रिक नीतिको समीक्षाबारे असन्तुष्ट ‘सीबीफीन’

बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको त्रैमासिक समीक्षाबारे असन्तुष्टि जनाएको छ । समीक्षाले पछिल्लो घटनाक्रमलाई नीतिगत सम्बोधन गर्नुपर्ने कार्यदिशालाई निरन्तरता दिनुले लक्ष्यहरू प्राप्ति र आर्थिक क्रियाकलापमा आशातीत गति नआउने चिन्ता बढाएको परिसंघले उल्लेख गरेको हो ।

अहिलेको अवस्थगामा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा तथा गैरबैंकिङ सम्पत्तिमा वृद्धि हुँनु अपेक्षा अनुसार कर्जा लगानी नहुन र आर्थिक गतिविधिले गति लिन नसकिरहेको अवस्थामा यी घटनाको नीतिगत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको परिसंघको तर्क छ । यो समीक्षालाई सीबीफीनले ‘पर्ख र हेर’को रणनीति ठानेको छ ।

 

प्रकाशित समय : १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु