गृहपृष्ठ प्लाष्टिक प्रदूषणसम्बन्धी चासो र मुद्दालाई जोडदार रूपमा उठाउन माग
प्लाष्टिक प्रदूषणसम्बन्धी चासो र मुद्दालाई जोडदार रूपमा उठाउन माग

दक्षिण कोरियाको बुसानमा जारी अन्तर्राष्ट्रिय प्लाष्टिक महासन्धिको पाँचौँ तथा अन्तिम बैठकमा नेपालको हितमा हुनेगरी प्लाष्टिकसम्बन्धी चासो र मुद्दालाई जोडदार रूपमा उठाउन सरोकारवालाले माग गरेका छन् ।
बुसानमा यही नोभेम्बर २५ देखि आगामी डिसेम्बर १ तारिखसम्म सो सम्मेलन भइरहेको छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र, नेपाल वातावरण पत्रकार समूह र ग्लोबल ग्रिनग्रान्ट फण्डको संयुक्त आयोजनामा आज यहाँ भएको कार्यक्रममा सो माग गरिएको हो । कार्यक्रममा समूहका अध्यक्ष चन्द्रशेखर कार्की, वरिष्ठ पत्रकार पूर्णहरि अमात्य, केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहलगायतले आफ्ना धारणा व्यक्त गरेका थिए ।
उनिहरूले प्रदूषणको निर्मूलीकरण गर्ने महासन्धिको उद्देश्य र सिद्धान्तअनुसार घातक रसायनमा बन्देज लगाउनुपर्ने, प्लाष्टिकका प्रकार, उत्पादनको ‘डिजाइन’ र कार्यक्षमतामा मापदण्ड निर्धारण गरी लागू गर्नुपर्ने, गैरप्लाष्टिक विकल्पको खोजी गर्नुपर्ने, फोहरको उचित व्यवस्थापन, प्लाष्टिकसम्बन्धी व्यापार, रसायनबारेको पारदर्शिता, आवश्यक दिगो आर्थिक तथा प्राविधिक सहयोग आदि विषयमा धारणा व्यक्त गरेका थिए।
संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमले विश्वव्यापी रूपमा प्लाष्टिकको सम्पूर्ण जीवनचक्रमा कच्चा पदार्थको उत्खननदेखि विभिन्न सामग्रीको उत्पादन, बिक्रीवितरण, प्रयोग, पुनःप्रयोग, पुनःचक्रीय र विसर्जन आदि गतिविधिबाट प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले सो सम्मेलन भइरहेको छ ।
प्रकाशित समय : १७:४३ बजे