गृहपृष्ठ नेपालबाट चार आइसीटी कम्पनी एपिक्टा अवार्डमा सहभागी हुने
नेपालबाट चार आइसीटी कम्पनी एपिक्टा अवार्डमा सहभागी हुने
नास आईटी अवार्ड्स २०२४ मा विभिन्न विधामा भाग लिएका कम्पनीहरु मध्ये चारवटा आईसीटी कम्पनीहरू नेपालको प्रतिनिधित्व गर्दै एशिया प्यासिफिक आईसीटी अलायन्स (एपिक्टा)अवार्ड्स २०२४ ब्रुनेईमा सहभागी हुने भएका छन् ।
यो अवार्ड डिसेम्बर ४ देखि ७ सम्म ब्रुनेईमा आयोजना हुँदैछ । नेपाली कम्पनीहरुको प्रतिनिधित्वले नेपालको सूचना प्रविधि समुदायलाई ग्लोबल प्लेटफर्ममा चिनाउन धेरै मदत गर्ने नास आईटीले जनाएको छ ।
यस वर्ष एपिक्टा अवार्ड्समा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनामका विभिन्न कम्पनी बीच प्रतिस्पर्धा हुनेछ।
प्रकाशित समय : १७:३७ बजे