global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ निर्जीवन बीमा कम्पनीद्वारा २ अर्ब ७८ करोड रुपैयाँ बराबरको बीमाशुल्क सङ्कलन

निर्जीवन बीमा कम्पनीद्वारा २ अर्ब ७८ करोड रुपैयाँ बराबरको बीमाशुल्क सङ्कलन

निर्जीवन बीमा कम्पनीद्वारा २ अर्ब ७८ करोड रुपैयाँ बराबरको बीमाशुल्क सङ्कलन

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार कात्तिक महिनाभरमा ६ लाख ६० हजार ६६५ वटा बीमालेख मार्फत ७ खर्ब ५३ अर्ब ९८ करोड रुपैयाँको निर्जीवन बीमा गरिएको छ ।

यसबाट २ अर्ब ७८ करोड रुपैयाँ बराबरको बीमाशुल्क सङ्कलन गरिएको बीमा प्राधिकरणको तथ्याङ्क छ । अहिले १४ वटा निर्जीवन बीमा र चारवटा निर्जीवन लघुबीमा कम्पनी समेत गरी कुल १८ वटा लघुबीमा संस्थाहरू क्रियाशील छन् । ती संस्थाले चार महिनाको अवधिमा भने १४ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेर ९ लाख ९८ हजारवटा सम्पत्तिको बीमा गरिएको विवरणमा उल्लेख छ ।

चार महिनाको अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ७७ करोड, सिद्धार्थ प्रिमियरले १ अर्ब ४६ करोड, शिखर इन्स्योरेन्सले १ अर्ब ४१ करोड, नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड तथा आईजीआई प्रुडेन्सियल इन्स्योन्सले १ अर्ब १३ करोडको बीमाशुल्क सङ्कलन गरेका छन् । बाँकी कम्पनीहरूको १ अर्बभन्दा कम कारोबार छ ।

प्रकाशित समय : १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु