गृहपृष्ठ इ–रिभल्भिङमा ज्योति विकास बैंकका ग्राहकलाई १० प्रतिशत छुट
इ–रिभल्भिङमा ज्योति विकास बैंकका ग्राहकलाई १० प्रतिशत छुट
ज्योति विकास बैंकका ग्राहकले काठमाडौंस्थित इ–रिभल्भिङ इन्डियन कुजिन रेस्टुरेन्टमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र रेस्टुरेन्टबीच छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
बैंकका ग्राहकहरूले उक्त रेस्टुरेन्टमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
हालै बैंकले काठमाडौंस्थित अचार घर, नेपाल हाउस रेस्टुरेन्ट एण्ड बार र महोत्सव रेस्टुरेन्ट एण्ड बारमा आफ्ना ग्राहकलाई १० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता गरिसकेको छ।
साथै, बैंकले काठमाडौंस्थित प्रख्यात शोयाछा ट्रेडर्समा १८ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, बैंकले अन्नपूर्ण केबलकारमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै र देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई छुट र सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ
प्रकाशित समय : १२:२१ बजे