global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ राष्ट्रिय प्रतिभा पुरस्कार संरक्षणकर्मी खरेललाई

राष्ट्रिय प्रतिभा पुरस्कार संरक्षणकर्मी खरेललाई

राष्ट्रिय प्रतिभा पुरस्कार संरक्षणकर्मी खरेललाई

‘हङरायो’ र ‘हरित परेवा’ फेला पार्ने संरक्षणकर्मी देवेन्द्रकुमार खरेललाई लाल भागिरथा बानियाँ प्रतिष्ठानले ३१ हजार राशिको यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

खोज तथा अनुसन्धानका क्षेत्रमा योगदान पुर्याउने राष्ट्रिय प्रतिभा एक जना, कृषि क्षेत्रमा जैविक प्रविधिको सफल प्रयोग गर्ने एक जना उत्कृष्ट किसान र घरपरिवारमा असल व्यवहार गर्ने एक गृहिणीलाई प्रतिष्ठानले बर्सेनि पुरस्कार दिँदै आएको छ ।

यही मङ्सिर २० गते मेचीनगरको धाइजनमा ती पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले बताए ।

यसैगरी, प्रतिष्ठानले मेचीनगर–५ निवासी अनिताकुमारी कार्कीलाई लाल भागिरथा उत्कृष्ट कृषक पुरस्कार र बुद्धशान्ति वडा नं ५ निवासी रेणुका सङ्ग्रौला चापागाईँलाई लाल भागिरथा उत्कृष्ट गृहिणी पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका सचिव डम्बर देउजाले जानकारी दिए।

उत्कृष्ट कृषक पुरस्कार प्राप्त गर्ने कार्कीले परम्परागत रुपमा हुँदै आएको निर्वाहमुखी करेसाबारीलाई कसरी व्यावसायिक कृषिमा रुपान्तरण गर्न सकिन्छ भनेर नमूना प्रस्तुत गरेका छन । तीन दशक शिक्षण पेशा गरेर सेवा निवृत्त उनले जैविक प्रविधि र मलखादबाट पाँच कठ्ठामा सागसब्जी र फलफूल उब्जाउँदै आएका छन् ।

उत्कृष्ट गृहिणी पुरस्कार पाउने चापागाई क्यान्सर सङ्क्रमित वृद्धावस्थाका सासू दिलकुमारी चापागाईँ र ससुरा शिवलाल चापागाईँको नियमित उपचार र हेरचाहमा समर्पित बुहारी छन् । उनका छोरा सौरभ चापागाई पनि जन्मजात शारीरिक अशक्त छन । बिरामी सासू र ससुराको स्याहारमा उनको समर्पणको कदर गर्दै नमूना बुहारीको रुपमा उनलाई पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष बानियाँले बताए।

प्रकाशित समय : ११:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु