global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ मार्क जुकरबर्ग र डोनाल्ड ट्रम्पबीच भेटवार्ता

मार्क जुकरबर्ग र डोनाल्ड ट्रम्पबीच भेटवार्ता

मार्क जुकरबर्ग र डोनाल्ड ट्रम्पबीच भेटवार्ता

फेसबुकका प्रमुख सञ्चालक मार्क जुकरबर्गले डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । मार ए लागोमा रहेको ट्रम्पको रिसोर्टमा जुकरबर्गले भेटेका हुन । सो भेटपछि उनीहरूबिच चिसिएको सम्बन्धमा एक किसिमले सुधार आएको जनाइएको छ ।

राष्ट्रपति निर्वाचितको पहिले नै प्राविधिक क्षेत्रका अर्को प्रमुख व्यक्तित्व एक्स मालिक एलोन मस्कसँग ट्रम्पको उच्चस्तरको सबन्ध रहेको छ । र, ट्रम्पले मस्कलाई प्रमुख जिम्मेवारी पनि दिइसकेका छन् ।

ऐतिहासिक रूपमा ट्रम्प र जुकरबर्गबीच त्यस्तो कुनै निकटता छैन् । क्यापिटल दंगा पछि जुकरबर्गले ट्रम्पको फेसबुक र इन्स्टाग्रामबाट प्रतिबन्ध लगाएका थिए । ट्रम्पले मेटा मालिकलाई २०२४ राष्ट्रपति चुनावमा हस्तक्षेप गरे जेलको धम्कीसमेत दिएका थिए ।

प्रकाशित समय : १०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु