global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ यू–१९ एसिया कपः आज श्रीलंकासँग भिड्दै नेपाल

यू–१९ एसिया कपः आज श्रीलंकासँग भिड्दै नेपाल

यू–१९ एसिया कपः आज श्रीलंकासँग भिड्दै नेपाल

एसीसी यू-१९ एसिया कपअन्तर्गत आज आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग भिड्दै छ। दुई टोलीबीचको खेल युएईको सारजहा क्रिकेट स्टेडियमा १०:४५ बजे सुरु हुने छ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल बलियो टोली श्रीलंकाको सामना गर्न लागेको हो। नेपाली टोली हेमन्त धामीको कप्तानीमा मैदान उत्रनेछ। कुल आठ देश रहेको प्रतियोगितामा नेपाल समूह बी मा छ।

नेपालको समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्। एसिया कपमा नेपालले दोस्रो खेल मंसिर १६ मा बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ।

प्रकाशित समय : १०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु