global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ‘मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

‘मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

‘मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । बाह्रौँ संस्करणको महोत्सव आगामी मङ्सिर २४ देखि २७ गतेसम्म चल्ने र नेपालसहित २३ देशका ४७ चलचित्र छनोटमा भएको महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिए ।

“यसपटकको संस्करणमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त चलचित्रसमेत सहभागी हुन आएका छन् । मानवअधिकारसँग सम्बन्धित चलचित्रको प्रवर्द्धन र प्रदर्शनका लागि नियमित रूपमा महोत्सव गर्दै आएको छौँ”, निर्देशक खत्रीले भने । ‘अल वी इमाजिन एज लाइट’, ‘द म्यान हु कुड्नट रिमेन्न साइलेन्स’, ‘एन आउटरन’, ‘अनार दाना’, ‘ओटिट’ लगायत चलचित्रको सहभागिताले महोत्सवको रौनकता बढाउने बताए ।

सन् २००९ मा स्थापना भएको मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा हुन लागेको महोत्सवमा मानवअधिकार पैरवीका लागि विभिन्न अन्तक्र्रिया तथा गोष्ठी सञ्चालन हुने बताइएको छ । महोत्सव काठमाडौँस्थित चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुने निर्देशक खत्रीले जानकारी दिए ।

प्रकाशित समय : ०६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु